मैत्रीपुर्ण महिला फुटबल शृंखलाको उपाधी नेपाली महिला टोलिलाई

154
ad

३१ असार, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ । दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा पछि पार्दै नेपाल विजयी भएको हो ।

पहिलो खेल १-१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए । त्यसपछि खेलको विजेता छान्न ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो ।

जसमा नेपाल ४–२ ले विजयी भयो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here