साविक उपविजेतासँगको जितसँगै नेपाल सेमिफाइनलमा

79
ad

दुई मिनेटभित्र दुई गोल प्रेरणामा घरेलु टोली नेपाल दक्षिण साफ यु–२० च्याम्पियनसिपमा बिहीवार बंगलादेशविरुद्ध जित निकाल्दै समूह विजेता भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘ए’ को अन्तिम खेलमा साविकको उपविजेता बंगलादेशमाथि २–१ को जितसहित नेपाल समूह विजेता भएको हो । तीन राष्ट्र सम्मिलित समूहमा ६ अंक जोडेको पहिलो र पराजित बंगलादेश तीन अंकसहित उपविजेता बन्यो । श्रीलंका यसअघि नै दुई खेल गुमाउँदै बाहिरिएको थियो । त्यसैले नेपाल र बंगलादेश बिहीबार समूहविजेता बन्दै दाबेदारी प्रश्तुत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका हुन् । नेपालको जितमा समिर तामाङ एक गोल गर्दै एक गोल उपहार पाएको हो ।
बंगलादेशका मिराजुल इस्लामले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरे । तर सफल भएनन् । तीनै गोल पहिलो हाफमा सम्भव बन्यो । दुई मिनेटमा दुई गोल गर्दै पाहुना टोलीमाथि दबाब बनाउने नेपालको लक्ष्य लामो समय टिक्न सकेन । पहिलो हाफै बंगलादेश खेलमा फर्कियो । १७ औं मिनेटमा समीरले गोल गर्दै नेपाललाई अग्रता दिलाए । उनले बंगलादेशी गोलकिपर मोहदी हसनले मध्य भागमा गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका हुन् । घरेलु टोलीका खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर हसनले करिब मध्य भागमा आएर नियन्त्रणमा लिँदै फर्काउन खोजे ।
तर त्यहाँबाट उनको बल खोस्दै समीरले लामो ड्रिब्लिङ गर्दै खाली पोस्टमा गोल गरे । एक मिनेटपछि नै नेपालले आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो । नीराजन धामीले पेनाल्टी बक्सबाट गरेको प्रहार रोक्ने प्रयासमा मोहसिन अहमेदको खुट्टामा लागेर गोलमा परिणत भयो । नीराजनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाएका हुन् । यससँगै नेपाल २–० ले अगाडि रह्यो । तर यो अग्रता लामो समयसम्म टिक्न सकेन । पहिलो हाफ नसकिँदै बंगलादेशले गोल फर्कायो ।
पेनाल्टीमार्पmत बंगलादेशले खेलमा फर्कने प्रयास गरेको हो । नेपालका डिफेन्डर राम थापा र अश्विन घोरासैनीले बल क्लियर गर्ने क्रममा पेनाल्टी बक्समा मिराजुललाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो । उक्त पेनाल्टी अवसरमा मिराजुलले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । त्यससँगै पहिलो हाफमा बंगलादेशले अग्रता २–१ ले छोट्यायो । दोस्रो हाफमा दुवै तर्पmबाट गोलका लागि प्रयास भएपनि सफल भएन । नेपालले ८४ औं मिनेटमा अग्रता बढाउने लक्ष्य पूरा हुन सकेन ।
अविनाशको फ्रिकिकलाई बंगलादेशका गोलकिपर हसनले सहजै नियन्त्रणमा लिए । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अविनाशकै प्रहार हसनले नै डाइभ गर्दै बँचाए । इन्जुरी समयमा बंगलादेशको पनि खेलमा बराबरी गर्ने योजना सफल भएन । रोस्टम इस्लामको हेडरलाई नेपालका गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारे र घरेलु टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । अब शुक्रवार माल्दिभ्स र भारतबीच समूहचरणको अन्तिम खेल हुनेछ । त्यो खेलले नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी टुङ्गो लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here