तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
२८ चैत, काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ, उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेका थिए । त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको थियो । घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए ।
