नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँदैछ।
असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ।
यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन्।
तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन्।
काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दु:ख दिइए कारबाही गर्ने चेतावनी दिएका छन्।
- मिथिलाञ्चलको होली: अन्यत्रभन्दा फरक
- राजधानी उपत्यकाको होली
त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
होलीका अवसरमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च नेताहरूले शुभकामना सन्देश दिएका छन्।
उनीहरूले पनि होलीको पौराणिक र सांस्कृतिक पक्षलाई उल्लेख गर्दै यसलाई विकृतिरहित बनाउनुपर्नेमा जोड दिएका छन्।
- होलीमा कमसल रङ्ग प्रयोग गरिरहँदा क्यान्सर र मिर्गौला रोगको सम्भावना
- होली: रंगको रौनक
उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिला गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
