माछापुच्छ्रेमा अध्यक्ष कप भलिबल, विजेतालाई ३ लाख पुरस्कार

112
ad

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा पुस २६ देखि २८ गतेसम्म दोस्रो संस्करणको अध्यक्ष कप भलिबल हुन लागेको हो । प्रतियोगिताको विजेताले ३ लाख नगद प्राप्त गर्नेछ भने उपविजेताले २ लाख पाउने आयोजकले जनाएको छ ।

यस्तै, सेमिफाइनलमा पराजित २ समूहलाई ५० हजारका दरले उपलब्ध गराइने उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ७ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५÷५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशका २५ भन्दा बढी पालिकाले सहभागिता जनाउने अनुमान गरिएको छ । अघिल्लो वर्षको प्रतियोगितामा गल्कोट नगरपालिकाले उपाधि जितेको थियो । यो वर्ष पुरस्कार राशि पनि थपिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here