जुम्लामा राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइए

0
53
adCustom Text

१ साउन, काठमाडौं । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको छ।

जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्। उनीहरुले परम्परागत रुपमा राँको बाल्दै आफ्नो अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाएका छन्।

बेलुकी झिसमिसेमा जुम्लाका बस्तीहरु यसपटकको साउनमा १ गते पनि राँकाले उज्यालो भएका छन्। परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँको बाल्ने चलन जुम्ला सहित कर्णाली क्षेत्रमा रहेको छ।

आज साउन १ गते नेपाली भाषाको उद्गम स्थल सिंजा सहित जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाइएको छ। जुम्लामा परम्परागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ।

आगोको राकाँ बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन रहेको छ। राँको बाली सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ। राँको बाल्ने समयमा दमाहा, ताल समेत बजाउने चलन रहेको छ। जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने संक्रान्तिको सन्देश दिने चलन अहिले पनि जिवित छ। करिब १ घण्टा गाउँका बस्तीहरु झिलिमिली भएको थियो।

एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौ आगोको राँका बालेर हेर्दाको दृश्य अच्चमित रहेको छ। खस संस्कृतिका जानकार तथा रमानन्दन आचार्यका अनुसार परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बोकेको छ। साउन १ गते यो क्षेत्रमा स्थानीय विदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिएको थियो। पछिल्लो समयमा बढ्दो बजारीकरणले घरको छतमा स्थान नहुदा राँको सड्कमै बाल्न थालेका छन्।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here