नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय सेवाकार्य रिपोर्टिङ सम्बन्धी तीन दिने तालिम सम्पन्न

20
ad
  1. नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय सेवाकार्यसँग सम्बन्धित रहेर खोज, अनुसन्धान पत्रकारिता गरिरहनुभएका पत्रकारहरुका लागि सञ्चालित मानवीय रिपोर्टिङसम्बन्धी तीन दिने तालिम काभ्रेको बनेपा बुडोलमा सम्पन्न भएको छ ।
    पुस ७ गतेदेखि सञ्चालन भएको तालिममा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नालिष्ट ग्रुप’ गठन गर्ने योजनासहित गत कात्तिक महिनामा सञ्चालित एक दिने अन्तत्र्रिmया एवम् छलफल कार्यक्रममा सहभागी र अन्य पत्रकारहरु गरी २३ जनाको सहभागिता रहेको थियो ।
    तालिमको शुभारम्भमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिहरूको प्रचारप्रसारमा पु¥याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीहरूलाई मानवीय गतिविधिहरूको रिपोर्टिङका क्रममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
    राष्ट्रिय दैनिक पत्रिका, अनलाइन पत्रिका, टेलिभिजन, एफएम रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा बाह्य प्रशिक्षकका रुपमा पत्रकारहरू जगत नेपाल, लक्ष्मण दत्त पन्त, आइएचएल विज्ञ कृष्ण चालिसे र नेपाल रेडक्रस सोसाइटीका विविध पक्षहरुका बारेमा आन्तरिक प्रशिक्षकका रुपमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने, उप निर्देशक शिवराम गौतमले सहजीकरण गर्नुभएको थियो । रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, सांगठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवद्र्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आम सञ्चार, जोखिम सञ्चार र आचार सहिंतालगायतका विषयहरूमा सहजीकरण गरिएको थियो ।
    तालिमका क्रममा सहभागीहरुबाट आएको जिज्ञासालाई सम्बोधन गर्दै निर्देशक बिपुल न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरुलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरुलाई सरकार लगायतका अन्य निकायहरुलाई सहमत गराई गतिविधिहरुको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताउनुभयो ।
    तालिमको समापनमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिममा नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here