शिव परियारको ‘ कसरी भुल्नु तिमिलाई’ बजारमा

257
ad

गायक शिव परियारको स्वर, गीतकार सत्यकला लामाको लेखन र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित तयार पारिएको उक्त गीत असार ३० गते युटयुवबाट प्रिमियर गरिएको हो ।

एएमएस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो आफनै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । जसको छायाँकारमा नरेश अय्यर, सम्पादकमा लक्ष्मण चौहान र गीतको एरेन्जरमा उर्गेन दोङ, मास्टरिङ्ग तथा मिक्सरमा दिपेश प्रधान रहेका छन् ।

प्रेम र वियोगको कथामा बुनिएको गीतको म्युजिक भिडियोमा नयन सिंह, याङि दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here