अन्तिम ओभरमा २४ रन बटुल्दै नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

194
ad

काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।

नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।

गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए । नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो ।

पालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।

नेपालले अन्तिम १० ओभरमा एक सय २४ रन जोड्यो भने अन्तिम ५ ओभरमा मात्र ७४ रन थपेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here