यूएईविरुद्ध देव खनालको शानदार शतक

230
ad

७ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।

मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए ।

यो समाचार लेख्दासम्म नेपाल ३५ ओभरमा ३ विकेट गुमाउँदै १८३ रन बनाएर खेलिरहेको छ । खनाललाई विकेटकिपर ब्याट्सम्यान उत्तम मगरले साथ दिएका छन् । उत्तम १३ रन बनाएर खेलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here