लामिछाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए आजीवन रास्वपा सदस्य समेत हुन पाउँदैनन् । रास्वपा विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ ।
विधानको व्यवस्थाअनुसार, ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिन्छ ।
‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन’बाहेकका अभियोगमा सजाय पाएको व्यक्ति भने सजाय भुक्तान गरेको एक वर्षपछि रास्वपा सदस्य हुन सक्ने व्यवस्था विधानमा छ ।