दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरे

165
ad

एएफपी

कोलम्बो, ८ श्रावण । श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

पहिलो टेस्ट चार विकेटले गुमाएको घरेलु टोली श्रीलंका दोस्रो टेस्ट आफ्नो पक्षमा पार्दै दुई खेलको शृंखलामा बराबरी गर्ने लक्ष्यमा छ। त्यसका लागि आफ्नो टोलीले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक सिल्भरउडको विश्वास छ। पछिल्ला १२ महिनायता जितविहीन रहँदै श्रीलंका आएको पाकिस्तानले गालेमा भने सफलता निकालेको हो।

अब यो शृंखला जित्नका लागि पाहुना टोली पाकिस्तानका लागि दोस्रो खेल बराबरी गरे पनि पुग्नेछ। ‘टेस्ट अंक प्राप्त गर्न भए पनि यो खेल जित्न कति आवश्यक छ भन्ने बारे खेलाडीहरू जानकार नै छन्। त्यसमाथि पनि घरेलु मैदानमा जितको महत्व त उनीहरूलाई थाहा छ,’ सिल्भरउडले भने।

दोस्रो खेलमा सशक्त र बलियो प्रदर्शन गर्ने लक्ष्यबारे ड्रेसिङ रुममा खेलाडीबीच चर्चा भएको पनि उनले उल्लेख गरेका छन्। पछिल्लो टेस्टमा धनञ्जय डी सिल्भाको प्रदर्शन यादगार नै रह्यो। उनले १ सय २२ रन र ८२ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यान भने गालेमा असफल भए। धेरै खेलाडीले २०र३० रन जोडे पनि त्यसलाई बलियो स्कोरमा परिणत गर्न सकेनन्। यता, पाकिस्तानका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले भने आफ्नो टोलीको चाहना विश्व नम्बर एक बन्ने रहेको बताए। ‘हामी खेललाई रोमाञ्चक र अली फरक बनाउन चाहन्छौं,’ ब्राडबर्नले भने।

श्रीलंकालले पाँच वर्षपछि सिङ्घलेस स्पोटर््स क्लबमा टेस्ट खेल्दै छ। पाँच वर्षअगाडि उक्त मैदानमा श्रीलंका इङ्ल्यान्डसँग ४२ रनले पराजित भएको थियो, जति बेला उनै सिल्भरउड इङ्लिस टोलीको बलिङ प्रशिक्षक थिए। श्रीलंकाले सबैभन्दा ध्यान दिनुपर्ने पक्ष उनीहरूले फिल्डिङमा सुधार गर्नुपर्छ। फिल्डिङ राम्रो गर्न नसक्दा पनि घरेलु टोलीले गालेको टेस्ट गुमाउनुपरेको थियो।

‘श्रीलंकाले यो मैदानमा ४३ खेलमध्ये २० खेल मात्र जित्दा ९ खेलमा हार बेहोरेको छ। यो मैदानमा पछिल्लो खेल श्रीलंकाले पाँच वर्ष अगाडि इङ्ल्यान्डविरुद्ध खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here