चितवन एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

112
ad

चितवन, ८ साउन । गत आर्थिक वर्ष ०७९/८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट ५/५ जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट मारियका छन् ।

ज्यान गुमाएका पीडित परिवारलाई जनही १० लाखका दरले राहत दियको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीको भनाई अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् ।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ । सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत दियको उनले जानकारी दिए ।

गैंडाको आक्रमणबाट २१ , हात्तीको आक्रमणबाट १७,बाघको आक्रमणबाट ७ , जङ्गली बदेलको आक्रमणबाट ६ , भालुको आक्रमणबाट सात , जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ ।

भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ ।

यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ ।

अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here