प्रेममा पर्न पार गर्नुपर्छ यी सात चरण

105
ad

‘पहिलो नजरमा प्रेम ।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला । तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन् । पहिलो नजरमा ‘प्रेम’ होइन, मात्र आकर्षण हुन्छ’ अध्ययनले यसै भन्छन् ।

प्रेममा पर्नु एक स्वभाविक प्रक्रिया हो । जसमा एकपछि अर्को चरण आउँछ । त्यसैले यी चरणहरुमा एउटामा मात्र चुक्दा पनि प्रेमको सट्टा देखावटीपन हुन सक्ने ठहराइन्छ ।

छिट्टै मायामा पर्छन् पुरुष, महिला धैर्य गर्छन्

यस्तो भनिरहँदा मनमा प्रश्न उठ्न सक्छ( माया पहिलो नजरमा बस्दैन भने बस्न कति समय लाग्ला रु यसबारे ‘युगोभ’ र डेटिङसाइट ‘इ(हार्मोनी’ मिलेर अध्ययन गरेका थिए ।
अध्ययनको नतिजाले औसत पुरुषले आफ्नो पार्टनरलाई भेटेको ८८ दिनमा आफ्नो प्रेम व्यक्त गर्न सक्छन् । महिलाको हकमा भने भेटलाई प्रेममा परिणत गर्न १३४ दिन लगाउँछिन् । जसबाट पनि पुरुषहरू छिट्टै प्रेममा पर्छन् र आफ्नो प्रेम पनि छिट्टै व्यक्त गर्छन् भन्ने बुझिन्छ । जबकि महिलाहरूले प्रेम व्यक्त गर्न र प्रेमलाघ स्वीकार गर्न बढी समय लिन्छन् ।

६ महिनामा ‘लेस्बियन प्रेम’

अध्ययनअनुसार दुई महिलाले समलैंगिक प्रेममा पर्न सबैभन्दा लामो समय लिन्छन् । कुनै पनि समलैंगिक प्रेम १८० दिनअघि प्रेम प्रस्ताव राख्दैनन् । यसको तुलनामा समलिङ्गी प्रेममा दुई पुरुषले एकअर्कालाई आफ्नो पार्टनर बनाएर आफ्नो प्रेमलाई छिट्टै व्यक्त गर्ने र स्वीकार गरिहाल्ने गर्छन् ।

मायामा पर्न महिनौं लाग्छ, पहिलो नजरमा के हुन्छ र

फरक(फरक सम्बन्धमा पार्टनर र परिस्थितिअनुसार प्रेम फुल्न र फक्रन दुईदेखि ६ महिना लाग्छ । तर कसैलाई देख्दै पहिलो नजरमा हुने अनुभूति चाहिं के हो त रु

‘जर्नल अफ सेक्सुअल मेडिसिन’मा प्रकाशित एक रिपोर्टमा भनिएको छ, ‘तपाईंले कसैलाई देख्ने बित्तिकै सेकेन्डको पाँचौं भागमा मस्तिष्कको लभ हार्मोन सक्रिय हुन्छ । तर यो प्रेम हार्मोन तब मात्र सक्रिय हुन्छ जब अर्को व्यक्तिको मनोभावना तपाईंको सपना अनुसार हुन जान्छ । तर सेकेन्डभरमै हुने मनको हलचललाई प्रेम भन्न मिल्दैन । तर यसलाई प्रेमको सुरुवात चाहिं अवश्य भन्न सकिन्छ ।’

यो प्रेमको पहिलो चरण हो, जसमा कसैलाई देख्ने बित्तिकै, प्रेम हार्मोनले तपाईंलाई कसैलाई अझ बढी हेर्न, कुरा गर्न र तिनीहरूको बारेमा सोच्न बाध्य बनाउँछ ।

अनुसन्धान र विशेषज्ञका अनुसार प्रेम पहिलो नजरमा हुँदैन । यसका लागि समय चाहिन्छ । सम्बन्धको बिरुवा पानी दिएपछि मात्र ठूलो रुखको रुप लिन्छ । कसैले लेख्यो प्रेम आगोको खोला हो डुब्नुपर्छ । अब प्रेम आगोको नदी होस् वा नहोस्, तर यो अवश्य समयको नदी हो । प्रेम बलियो र दीर्घकालीन हुनका लागि समयले पटक(पटक परीक्षा लिइरहेको हुन्छ ।

पहिलो नजरमा मनमा उथलपुथल, ७ कदमपछि अटूट प्रेम

विभिन्न अध्ययनलाई आधार बनाएर प्रेमलाई तीनदेखि सात चरणमा वर्णन गरिएको छ । भर्खरै भएको अध्ययनअनुसार अपरिचित व्यक्तिसँगको कुनै पनि भेटले अनन्त प्रेममा पुग्न सात चरण पार हुनुपर्छ ।

प्रेममा पुग्ने सात चरण

१. पहिलो भेट । नजर मिलाउनु ।

२.मनमनमै लुकाछिपीको खेल, सम्भावित सम्बन्धको बारेमा राम्रो(नराम्रो बारेमा सोच्ने ।

३. एकअर्कामा शान्ति खोज्ने प्रयास, एक्लो हुँदा आफूलाई अपुरो अनुभव गर्नु ।

४. मायामा भरोसाको सुरुवात, पार्टनरलाई सम्भावित जीवनसाथीको रुपमा देख्नु ।

५.एकअर्कासँग नजिक हुँदै भरोसा बलियो बन्दै जानु ।

६.आफ्नो सुखदुस्ख साटासाट गर्नु र भावना बुझ्ने प्रयास गर्नु ।

७. माथिका चरण पार गरेपछि पूर्ण मायाको फूल फक्रन्छ ।

कसैलाई प्रेममा पर्न थोरै दिन लाग्ला, कसैलाई धेरै । तर सबै यी सात चरण पार भएरै गुज्रिन्छन् । यहाँ प्रश्न उठ्छ कि ‘प्रेम अवधि’ कति लामो हुन्छ, कसरी तय हुन्छ रु

रिलेसनसिप कोच डा। अञ्जली प्रेमको गहिराइमा पुग्न कति समय लाग्छ भन्ने निचोड पार्टनरले एकअर्कासँग कति समय बिताउँछन् भन्ने कुरामा भर पर्ने बताउँछिन् । यदि कसैको माया म्यासेजबाट सुरु भएको हो र पहिलो भेट ६ महिनापछि मात्र भयो भने ८८ दिन वा १३४ दिनको सूत्र नलाग्ने उनी बताउँछिन् ।

तर यदि दुई अपरिचित व्यक्ति यात्रामा भेट्छन् र धेरै समय सँगै बिताउँछन् । जसमा हाँसो, खुसी, उदासी र रिस जस्ता सबै प्रकारका क्षण समावेश हुन्छन् भने उनीहरूले एकअर्कालाई बुझ्ने प्रयास गर्न बढी समय पाउनेछन् । यस्तो अवस्थामा उनीहरुले एक साताभित्र सातमध्ये दुई वा तीन चरण पूरा गर्ने र एक महिनाभित्रै उनीहरुको भेट प्रेममा परिणत हुने सम्भावना हुन्छ । olinekhabar

सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here