सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

106
ad

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी वार्षिकउत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरू १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो १७ औं वार्षिक उत्सव यहि वैशाख ७ गते मनाउँदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतम लाई हस्तान्तरण गरेको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here