काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश नबाँडी सञ्चित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । कम्पनीले आव २०७०/७१ यता सेयरधनीलाई नियमित लाभांश दिँदै आएको थियो ।