मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

136
ad

गत शुक्रबार नै सार्वजनिक गर्ने भनिएको चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरिएको छ ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति तयार भइसकेको छ । शुक्रबारलाई सञ्चालक समिति (बोर्ड) बैठक डाकिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी नै हुन् भने समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् । बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

यसअघि गत शुक्रबार मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले चासो दिएपछि मौद्रिक नीति रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here