जलविद्युतको दिगो विकासमा विश्व बैंक र एडिबीबीच सहकार्य

148
ad

 

काठमाडौ । विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले नेपालको जलविद्युत क्षेत्रलाई बलियो बनाउन सहकार्य गर्ने भएका छन् । दुई बैंकले प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको विषयमा सहकार्य गर्न सम्झौता गेका हुन् ।

विश्व बैंकका अनुसार संयुक्त अरब इमिरेट्समा जारी जलवायु परिवर्तन सम्पति सम्मेलन (कोप २८) मा दुई संस्थाले ५ वर्षकोे प्रारम्भिक अवधिका लागि सहकार्य गर्ने समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।

विश्व बैंकको तर्फबाट दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेसर र एडीबीको तर्फबाट क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले सहकार्य सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हस्ताक्षर गर्दै रेसरले नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रको घनिष्ट साझेदारीबिना नेपालको प्रचुर जलविद्युत स्रोतको पूर्ण सम्भावना साकार हुन नसक्ने बताएका छन् । सम्झौतामार्फत एडीबी र विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा वित्तीय र नीतिगत सल्लाहमा घनिष्ट सहकार्यको लागि आधारशिला खडा गरेको उनले बताए ।

तीनवटा महत्वपूर्ण क्षेत्रहरुलाई सम्झौताले विशेष सहयोगका लागि लक्षित गरेको छ । जसमा देश–स्तरको सहयोग अभिवृद्धि, सह–वित्तको सुदृढीकरण र जलवायु परिवर्तनमा संयुक्त कार्यलाई बढावा दिने उल्लेख छ । सम्झौता अनुसार विश्व बैंक र एडीबीले ठूला जलविद्युत आयोजनाको विकास र ऊर्जा क्षेत्रका आयोजनाहरुको तयारी र वित्तपोषणमा नेपालको कार्यान्वयनकारी निकायहरुको संस्थागत क्षमतालाई सुदृढ गर्न पनि मिलेर काम गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here