फुटसल प्रतियोगिताको उपाधी वितरण सम्पन्न

251
ad


काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ४ धुम्रबाराहीमा अवस्थित प्रोलिफिक माविमा भाद्र ३१ गते देखि आयोजना गरेको छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले प्रथम स्थान हासिल गर्यो भने ग्रीनफील्ड स्कुलले द्वितीय स्थान हासिल गरेको थियो र न्यु नलेज स्कुलले तृतिय पुरस्कार स्कुलले हासिल गरेको थियो । उक्त टुर्नामेन्टमा स्कुलका खेलाडी अमृत बस्याल उच्चतम गोलकर्ता भएका थिए भने उपेन्द्र बोहरा सर्बोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।

सोही प्रतियोगितामा सर्बोत्कृष्ट गोलरक्षकका रुपमा का गोलरक्षक सुजन धर्ती मगर पुरस्कृत भएका थिए । फुटसल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २०,००० ट्रफी, मेडल, दृतीय पुरस्कार नगद रु १०,००० ट्रफी, मेडल, तृतीय पुरस्कार नगद रु ५००० ट्रफी, मेडल, सर्टिफिकेट तथा उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्चतम गोलकर्ता लाई रु २००० हजारका दरले नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम २०८० ०५ ३० गतेबाट सञ्चालन भई असोज ०३ गते समापन भएको थियो । पुरस्कार बितरण समारोहका प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनको उपस्थिति रहेको थियो र बिशेष अतिथिमा काठमाडौं महानगरपालिकाका विद्यालय निरिक्षक मोतिराम खनाल रहनुभएको थियो । कार्यक्रम उक्त विद्यालयको संचालक समिति सदस्य भावना खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समापन समारोहमा सभाध्यक्षको भुमिकामा रहनुभएका उक्त विद्यालयका प्रिन्सीपल गोपाल महतले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सद्भाव राख्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दे कार्यक्रम मत्रीपूर्ण र भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सम्पूर्ण अतिथिलाई आभार व्यक्त गर्नुभयो र यस्ता प्रतियोगिताहरु प्रोलिफिक मा।विले आगामी दिनमा निरन्तर भईरहने कुरा व्यक्त गर्दे कार्यक्रम समापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रेफ्रिको भूमिकामा नेसनल रेफ्रि हरिश कार्की, नेसनल रेफ्रि रबिन बुढाथोकी, र बिद्यालयका रोशन श्रेष्ठ रहनुभएको थियो ।

प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको खेल व्यवस्थापक सरोज न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको संयोजक त्यसै बिद्यालयका शिक्षक धीरेन्द्र शाहीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here