चाणक्य नीति भन्छ – असल नेता बन्न यी गुण चाहिन्छ

145
ad

आचार्य चाणक्यले कुशल नेतृत्वका लागि धेरै कुराहरू बताएका छन् । उनलाई विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिन्ने गरिन
सताब्दीऔं पुरानो भएपनि चाणक्यको नीतिलाइ वर्तमान समयमा पनि उत्तिकै प्रासंगिक मानिन्छ । चाणक्यले जिन्दगीमा सफलता प्राप्त गर्न धेरै नीतिहरू बनाएका थिए ।

चाणक्यका अनुसार एक सफल नेता बन्नका लागि आफ्नो गल्तीहरूबाट सधैं सिक्नुपर्छ । यदि आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेको गल्तीबाट सिक्नुपर्छ ।

यसो गर्नाले कोही पनि व्यक्ति छिटै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ ।

उनका अनुसार कुनै पनि नेतृत्वकर्ता धेरै इमान्दार हुनु हुँदैन । सबैभन्दा पहिला सिधा उभिएको रुख काटिन्छ भन्दै उनी भन्छन्, ‘यही कारण इमान्दार भएर मात्र पुग्दैन, सतर्क पनि रहनुपर्छ ।’

उनका अनुसार एउटा राम्रो नेता बन्न कर्मको सिद्धान्तलाई पछ्याउनुपर्छ । चाणक्यले धर्मशास्त्रलाई महत्त्वपूर्ण मानेका छन् । उनका अनुसार कर्म सिद्धान्तलाई कहिले पनि नजरअन्दाज गर्नु हुँदैन । मान्छेको भाग्यको फैसला उनीहरूको कर्मका आधारमा हुन्छ । उनका अनुसार गलत कामको परिणाम सधैं गलत नै हुन्छ ।

एक सफल लिडरको सफलता उसको गोपनीयतामा निर्भर हुन्छ । चाणक्यका अनुसार एक महान नेताले आफ्नो सबै कुराहरू कसैलाई बताउनु हुँदैन । आफ्नो जीवनमा अघि बढ्न बनाइएका कतिपय योजनाहरू कसैलाई बताउनु हुँदैन ।

एउटा राम्रो नेताले आफ्नो शत्रुबाट पनि केही सिक्नुपर्ने कुरा भए सिक्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here