बालेनले सरकारलाई टेरेनन्, हेडमास्टरले बालेनलाई मानेनन्

118
ad

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न गरेको आग्रहलाई शिक्षकहरुले अस्विकार गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको थियो।

तर काठमाडौँ महानगरपालिकाका बिद्यालयका प्रधानाध्यापकहरुले नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै अर्को सूचना नभए सम्मकालागि काठमाडौ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा जाने निर्णय गरेको । काठमाडौ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको बैठकले निर्णय गरेकाले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरि सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन अनुरोध समेत गरेको छ ।

साथै आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति प्रति संवेदनशील हुदै उक्त क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता महानगरका प्रधानाध्यापकहरुले गरेका छन्  ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई विद्यालय लाई आग्रह गरेको थियो। महानगरपालिका मातहतका विद्यालय सबै खुला गर्न आग्रह महानगरले आग्रह गरेको थियो। महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न महानगरले निर्देशन दिएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले  विद्यालय बन्द गरेर पठन पाठन मा अवरोध नपुर्याउन आग्रह गरेका छन्। यस्ता अवरोध पुर्याउनेलाई कानुन(संविधान) अनुसार कारबाही हुने उनले चेतवानी दिएका छन् ।

स्रोतका अनुसार काठमाडौँ महानगरले आन्दोलनमा जाने शिक्षकको तलब काट्ने भएको छ भने आन्दोलनमा गएका शिक्षकको हाजिरीमा रातो चिह्न लगाउन नगर प्रहरीलाई विद्यालयमा परिचालन गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here