गाजा शरणार्थी शिविरमा इजरायली आक्रमणः १२ जनाको मृत्यु

54
ad

मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् । गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताउनु भयो । बसालले सिभिल डिफेन्सको टोली र स्थानीय बासिन्दाले पीडितको खोजी र उद्दार गरिरहेको बताउनु भयो । मृतक र घाइतेमध्ये अधिकांश महिला र बालबालिकालाई अस्पताल पु¥याउने काम भइरहेको बताउनु भयो । इजरायली सेनाले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिव १ हजार २ मानिस मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ६१५ पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here