विदेशबाट आयात गर्नुभन्दा वनको सु्केको काठ तत्काल लिलाम गर्ने नीति बनाउन विनोद चौधरीको सुझाव

24
ad

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले वनको अधिकार क्षेत्रबारे संघ र प्रदेशबीच स्पष्ट कार्य विभाजन हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई भेटेर उनले वन सम्बन्धी स्पष्ट कार्यविभाजन नहुँदा प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो भएको बताए ।

लुम्बिनी प्रदेशका नवनियुक्त वनमन्त्री देवकरण कलवार सन्तुसँगै संघीय वनमन्त्री भेट्न गएका सांसद चौधरीले भने, ‘वनमा रहेको सुकेको काठ तत्काल लिलाम गर्ने अधिकार प्रदेश सरकारलाई दिँदा उपर्युक्त हुन्छ । यस्ता काठ दाउरा तत्काल लिलाम नहुँदा वर्षौंदेखि कुहिएर सडेर काम नलाग्ने भइरहेको छ । हामी काठ विदेशी मुद्रा खर्च गरेर विदेशबाट आयात गरिरहेका छौँ तर स्वदेशमा भएको काठ बिक्री नगरी सडाइरहेका छौँ । हामीले हाम्रो श्रोत साधनको सही उपभोग गरिहेका छैनौँ ।’

उनले सामुदायिक तथा सार्वजनिक वन र कर्मचारीहरू प्रदेश सरकार मातहतमा गइसकेको उल्लेख गर्दै सशस्त्र वन रक्षकको सरुवा बढुवाको अधिकार पनि प्रदेश सरकारलाई नै दिनु उचित हुने धारणा राखे ।

सामुदायिक तथा सार्वजनिक वन व्यवस्थापनको पारदर्शिताका लागि दिगो वन व्यवस्थापन ऐन तत्काल लागु गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here