टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : डा. महत

243
ad


नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेेेेकाेजनााए छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले , ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकरात्मक जवाफ आएको छ ।’, ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’

प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिनु हुँदै मन्त्री डा. महतले ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’

‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिदै , ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’

सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतले बताउनुभयो । ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ । हामीले खोजेको त्यही हो ।’

यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उहाँले बताउनुभयो । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । , ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’

कार्यक्रममा , ‘काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा. रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको बताउनु भयो । यहाँको स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माण भयो । त्यसपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर पाए । हजारौं नुवाकोटवासीले रोजगारीमा अवसर पाए । यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’

‘म ऊर्जा वा परराष्ट्रमन्त्री हुँदा नुवाकोटलाई कसरी समृद्ध बनाउने, यहाँको जनजीवनलाई कसरी माथि उठाउने भनेर काम गर्दै आएको छु । अहिले सबै ठाउँमा बिजुली पुगेको छ । मध्य पहाडी राजमार्ग नुवाकोट हुँदै जान्छ’ मन्त्री डा. महतले ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुर्याउने योजना छन् । नुवाकोटमै बसेर काठमाडौंमा व्यवसाय गर्न सकिने वातावरण बनाउन म रातदिन खटिरहेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here