हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध

101
ad

हेटौंडा —हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

यस्तै हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

यसैगरी हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here