एमालेले बोलायो संसदीय दलको बैठक

172
ad

नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठक पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले जानकारी दिए ।

एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।

यसबारे संसद सचिवालयलाई पनि जानकारी दिएर अब प्रतिपक्षमा रहने भनिसकेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी संसदबाट विश्वासको मत लिने भनिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने जानकारी पत्रमार्फत संसद सचिवालयलाई जानकारी दिइसकेका छन् ।uml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here