काठमाडौं महानगर क्षेत्रभित्र प्लाष्टिकका ‘क्रिसमस ट्री’ राख्न निषेध, भेटिए जफत गरिने

141
ad

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लाष्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ।  विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको  प्लाष्टिकको क्रिसमस ट्री हटाएको छ।  प्लाष्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here