अर्थतन्त्र सुधारका लागि ५०० र १००० को नोट प्रतिबन्ध गर्नुपर्छ : नेता दवाडी

353
ad


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले मुलुकको अर्थतन्त्र सुधारका लागि ५०० र १००० को रुपैँया प्रतिबन्ध गर्नुपर्ने बताउनुभएको छ ।

नेता दवाडीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय मुलुकको अर्थतन्त्र धरासायी भएको भन्दै यसलाई पहिलेको अवस्थामा ल्याउनका लागि प्रयोगमा आएका ५०० र १००० को नोट प्रतिबन्ध गर्नुपर्ने बताउनुभएको हो ।

“धरासायी हुँदै गएको अर्थतन्त्रलाई सुधार गर्नका लागि सरकारले देश तथा विदेशमा छरिएर रहेका नेपालीहरूले ५०० र १००० का नोटलाई ३५ दिनभित्र बैँक तथा वित्तिय संस्थामा ल्याउन जरुरी छ,”– उहाँले भन्नुभयो ।

नेता दवाडीले कतिपय छापेर ल्याएका नोट घरमै थन्काएर राखेका कारण चलाएमान नहुने भएकाले उक्त पैसा चलायनमानका लागि सरकारले उक्त अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here