सोह्र श्राद्ध : प्रक्रिया र महत्व

काठमाडौ । श्राद्ध शब्दले पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु भन्ने बुझाउँछ । हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरुको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाइ श्राद्ध भनिन्छ । जीवित हँुदा माता पिताको सेवा गर्नु सन्तानको कर्तव्य हो । साथै उनिहरुको मृत्यु पश्चात् दाहसंस्कारको आदि कृया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि सन्तानको दायित्व हो ।
श्रुतिस्मृति शास्त्रहरुको बताएका विधान अनुसार आफ्ना पितृहरुका निमित गरिने पैतृक कर्म नै श्राद्ध हो । पितृहरुका प्रतिक बनेर निमन्त्रणा सहित आफ्ना घर आएका ब्राह्मणहरुलाई पितृको प्रिय वस्तुको दान वा भोजन गराउनु पनि श्राद्ध नै हो । संसारको आदिम ग्रन्थ ऋग्वेदका अनुसार पुर्वजहरुलाई श्रद्धापूर्वक सम्झना अर्थात् श्राद्ध गर्न जृनसुकै धर्म सम्प्रदायलाइ  रोकावट गरिएको छैन । श्राद्धको निम्ति पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिन्छ ।
पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालन पालन शिक्षादिक्षा समेत प्राप्त हुने हुँदा उनिहरुका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ ।  पहिलो पुस्ता पिता माता वसुस्वरुप, दोस्रो पुस्ता हजुरबुवा हजुरआमा रुद्रस्वरुप, तथा तेस्रो पुस्ता बुढो हजु्रबुवा बुढीहजुरआमा आदित्य स्वरुप भएर श्राद्ध कर्म स्वीकार गर्दछन् । श्राद्धको फलबाट दिव्यलोकमा पुगी दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरुलाइ इच्छित फल प्रदान गर्दछन् भन्ने कुरा वेदमा प्रष्ट उल्लेख छ ।
श्राद्धका प्रकार
शास्त्रमा  विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ । शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइएपनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध, आभ्युदयिक श्राद्ध र तिर्थ श्राद्ध सामान्यतया व्यवहारिक श्राद्ध हुन् । एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट, धेरै पितृको सम्झनामा गरिने पार्वण या महालय श्राद्ध, माङ्गलिक कार्य गर्नु अघि गरिने श्राद्ध आभ्युदायिक श्राद्ध,वृद्धि श्राद्ध भनिन्छ ।
यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थ श्राद्ध हो । यस बाहेक आफ्नो इच्छा पुरा गर्न गरिनेलाइ काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टीश्राद्ध,  देशान्तरमा जांँदा सफल हुन घ्युले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ । जुनसुकै कठिनाई वा आपत् विपत् पर्दा पनि अन्य धर्म कर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्न नहुने कुराको उल्लेख श्रुतिस्मृतिमा पाइन्छ ।
वैदिक परम्परा अनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरुको श्राद्ध गर्नुपर्ने नीति उल्लेख छ ।  आश्विन कृष्णपक्ष प्रतिपदादेखि औंसी सम्मका पन्ध्र र र्पूिणमाको एकदिन गरी सोह्रतिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ । शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि सोहि तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसी सम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ । पूर्णिमा तिथिमा गर्नु पर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ ।
पितृपक्षमा श्राद्ध गर्ने व्यतिmले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्नुपर्छ । पितृपक्षमा प्रतिप्रदादेखि औंसी भित्र आफ्ना पितृकुलका तीन पुस्ता भित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्छ । यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन रहेको छ ।
श्राद्धका अङ्ग
श्राद्धको प्रमुख अङ्ग ब्राह्मणपूजन, भोजन, पिण्डदान र दक्षिणादान हुन् । ब्राह्मणहरुले भोजन गरी रहुन्जेल कर्ताले प्रतिनिधि ब्राह्मणको अगाडि पितृसूतm पाठ गर्ने नियम छ । हिन्दु धर्म संस्कृति समयको दृष्टिले अति प्राचीन, स्वभावको दृष्टिकोणले अति उदार र विस्तारको दृष्टिकोणले अति विस्तारित भएको स्पष्ट छ ।
यसमा भूखण्डका मात्र नभई स्वर्गका देवता, पातलका नाग जाति, पितृलोकका पितृहरुसँग भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले नित्यब्रह्मयज्ञमा ब्रह्मादि विश्वेदेव, सनकादि दिव्यमनुष्य, कव्वाडनलादि दिव्यपितृगण र आफ्ना दिवंगत पितृको निमित तर्पण दिँदा आफन्त बन्धुबान्धब मात्र नभई ब्रह्मदेखि किट पतङ्ग सम्मको तृप्तिको कामना गरिएको हुन्छ ।
श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन संस्कार गरी एक छाक मात्र खानुपर्दछ । केश मुण्डन तथा एकभतmको नियम ग्रहण गरे पछि श्राद्धारम्भ भएको मानिन्छ । एकभक्तका दिन मुण्डन गर्नु व्यक्तिलाई शुद्धयाउने नियम हो । श्राद्ध शुरु गर्नु भन्दा अघि श्राद्ध गर्ने अधिकार मिलोस् भनेर प्रायश्चित गोदान गर्ने विधान छ । श्राद्धमा भोजन बनाउने व्यक्तिको शुद्धताको ख्याल गर्नु पर्दछ । एकभतm बसेका व्यतिmकी विवाहिता पत्नी नै श्राद्धपाक हुनुपर्दछ ।
एकोद्दिष्ट (तिथिश्राद्ध) रोकिएमा लगतै आउने अर्को महिनाको त्यही तिथिमा, कृष्ण पक्षको  अमावस्या (औंसी) तिथिमा गर्ने चलन छ । पार्वण (महालय) रोकिएमा जुन कारणले हो त्यो मुक्त हुनासाथ गर्ने चलन छ । श्राद्धमा भोजन बनाउने व्यक्तिको शुद्धताको ख्याल गर्नुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी,मन,  भूमि, श्राद्धमा प्रयुक्त मन्त्र र श्राद्धमा आमन्त्रित ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ । जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइएको छ ।
चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलिचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण अमावस्य तिथिसम्मका सोह्र तिथिमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो
आश्विन कृष्णपक्ष पितृहरुलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरुलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि अनुरुप श्राद्ध गर्दछन् ।
जसको मृत्यु अविवाहित स्थितिमा भएको छ उसको आश्विन कृष्णपक्ष पञ्चमी तिथिमा श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ । कुलका सबै दिवङ्गत महिलाहरुको आश्विन कृष्णपक्ष नवमी तिथिमा श्राद्ध गरिन्छ । यो माताको श्राद्धका लागि उत्तम मानिन्छ । संन्यास लिएका व्यक्तिहरुको आश्विन कृष्णपक्ष चतुर्दशी तिथिमा श्राद्ध गरिन्छ । दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु लगायतका अकाल मृत्युवरण भएकाले आश्विन कृष्णपक्ष अमावस्या तिथिमा सबै पितृहरुको श्राद्ध गर्नुपर्छ ।
यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरुको श्राद्ध सम्पन हुन्छ भन्ने मान्यता पनि छ । मावलीको परिवारमा श्राद्ध गर्ने व्यतिmको अभाव र मृत्युतिथि थाहा छैन भने आश्विन कृष्णपक्ष प्रतिपदा तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ ।
विधि
श्राद्धमा ब्राह्मण चाहिने भएकाले ब्राह्मणको प्रतिक स्वरुप कुशको ब्राह्मण थापिएको हो । पहिले पार्वण श्राद्ध गर्दा ब्राह्मण नै अगाडि राखेर पूजा गर्ने परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो । दुवै पट्टी  विश्वदेव र पितृब्राह्मणको स्थापना गरिन्छ । प्रारम्भमा देव,मनुष्य,दिव्यपितृ र स्वपितृलाई तपर्ण दिइएपछि पार्वण श्राद्धको आरम्भ हुन्छ ।
ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान  गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकरदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम उच्चारण गर्दै विधिपूर्वक पिण्डदान गरिन्छ । गाईको दूधमा पकाएको खीर वा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । पितृहरुका लागि अति प्रिय खाद्यवस्तु मानिन्छ ।
शास्त्रोक्त विधिले एकोद्दिष्टश्राद्धमा ठूलो वेल, पार्वणश्राद्धमा ठूलो अमला  जत्रो तथा तीर्थश्राद्धमा शमीपत्र प्रमाणको बनाई पिण्डवेदीमा कुशमाथि तुलसिपत्र, कालो तिल, मह,घिऊ मिसाई श्राद्धविधान अनुसार कर्ताले दाहिने हातको साँहिली औलामा कुशको पवित्र लगाई पितृको नाम,गोत्र प्रवर र वसुरुदादित्य स्वरुप उल्लेख गरी वेदीमा पिण्ड अर्पण गर्नुपर्छ ।
पार्वण श्राद्ध आफ्नै घरमा वा पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ । तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गनुपर्ने नियम छ । पार्वण श्राद्ध अपराह्नमा गर्नू भन्ने शास्त्रहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.