शिव भजन ‘घुम्दै घुम्दै……’ सार्वजनिक

518
ad

काठमाडौं । भगवान भक्ति मान्छेहरूको आस्था हो । भगवानबाट अलग सायद संसारमा कोही पनि छैन । दुस्खसुखमा मात्रै हैन हर्ष, उमङ्ग, पर्वहरूका साथसाथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन, मनलाई शान्त गर्न भजनले ठूलो मद्दत गरेको हुन्छ । सँधै मन्दिरहरूमा, रेडियो, टेलिभिजन लगायत अन्य माध्यमहरूबाट भजनको श्रवण गर्दा शान्तिको महसुस हुन्छ ।

अप्सरा पुडासैनी अधिकारी र वन्दना अधिकारीको स्वर र टेक तामाङको रचना रहेको शिव भजन घुम्दै घुम्दैको भिडियो सार्वजनिक भएको छ। भजनले भक्तिको मार्गमा लागौं भन्ने सन्देश दिएको छ । भिडियोमा जस्मिन मगरको अभिनय रहेको छ ।

भजनमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने भिडियो गोल्डेन फिल्मस नेपालको प्रस्तुतिमा बजारमा आएको हो । धन बहादुर तामाङद्वारा निर्देशित यस भजनको भिडियोमा देवेन्द्र कार्कीको छायांकन र अनिल कटवालको इडिटिङ्ग रहेको छ । यो ए अन्ड बि युट्युबले बजारमा ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here