माइकल ज्याक्सनको कुल सम्पत्ति २.४ बिलियन डलर, मृत्युपछि पनि आम्दानी निरन्तर

146
ad

काठमाडौं । माइकल ज्याक्सन सर्वकालीन सफल र प्रभावशाली संगीतकर्मी थिए । कमाइले पनि उनको ख्याति र लोकप्रियता झल्काउँछ । जीवनकालमा पनि उनले प्रशस्तै सम्पत्ति आर्जन गरे । सन् २००९ मा देहान्तको समयमा उनको सम्पत्ति ६०० मिलियन डलर रहेको अनुमान गरिएको थियो । तर मृत्युपछिका वर्षहरुमा पनि उनको कमाइ रोकिएको छैन ।

सन् १९८२ मा उनको एल्बम ‘थ्रिलर’ सर्वकालीन धेरै बिक्री हुने एल्बम बन्यो र यसको कमाइ पनि बढिरहेको छ । उनले सन् १९८३ मा अनुमानित १२५ मिलियन डलर कमाए । विवरणअनुसार दशकको अन्त्यसम्म उनको कुल सम्पत्ति २०० मिलियन डलर पुग्यो ।

सन् १९९० को दशकमा ज्याक्सनको आम्दानीमा वित्तीय अनियमितता र व्यक्तिगत घोटालासहित धेरै कारणले गिरावट आउन थाल्यो । यद्यपि उनले अझै पनि प्रतिवर्ष अनुमानित १०० मिलियन डलरको आम्दानी गरिरहेका छन् । ज्याक्सनको मृत्युपछि पनि उनको सम्पत्तिले महत्वपूर्ण कमाइलाई जारी राखिरहेको छ ।

सन् २०१६ मा उनको सम्पत्तिले ८२५ मिलियन डलरको कीर्तिमान रच्यो । फोर्ब्स म्यागजिनले सो वर्ष ज्याक्सलाई वर्षको सबैभन्दा धेरै कमाउने सेलिब्रिटी घोषित गर्‍यो । उनको सम्पत्तिले प्रत्येक वर्ष सयौं मिलियन डलरको कमाइलाई जारी राखेको छ र उनको कुल सम्पत्ति अहिले २।४ बिलियन डलर रहेको अनुमान छ ।

सन् २००९ मा मृत्यु भएयता पपस्टार ज्याक्सनले फोर्ब्सको सूचीमा कब्जा जमाइरहेका छन् । सन् २०१२ लाई छाड्ने हो भने उनी २०१० देखि २०२० सम्म सूचीको शीर्षस्थानमा छन् । सन् २०१२ मा एलिजाबेथ टेलरले २१० मिलियन डलर कमाउँदै ज्याक्सनलाई दोस्रो स्थानमा धकेलेकी थिइन् ।

विवादका बाबजुद पनि उनको कमाइ वृद्धि हुनुमा उनको संगीत, कला, प्रतिभा र लोकप्रियता अनन्त छ भन्ने प्रमाण पनि हो ।मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको छ।

जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्। उनीहरुले परम्परागत रुपमा राँको बाल्दै आफ्नो अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाएका छन्।

बेलुकी झिसमिसेमा जुम्लाका बस्तीहरु यसपटकको साउनमा १ गते पनि राँकाले उज्यालो भएका छन्। परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँको बाल्ने चलन जुम्ला सहित कर्णाली क्षेत्रमा रहेको छ।

आज साउन १ गते नेपाली भाषाको उद्गम स्थल सिंजा सहित जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाइएको छ। जुम्लामा परम्परागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ।

आगोको राकाँ बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन रहेको छ। राँको बाली सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ। राँको बाल्ने समयमा दमाहा, ताल समेत बजाउने चलन रहेको छ। जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने संक्रान्तिको सन्देश दिने चलन अहिले पनि जिवित छ। करिब १ घण्टा गाउँका बस्तीहरु झिलिमिली भएको थियो।

एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौ आगोको राँका बालेर हेर्दाको दृश्य अच्चमित रहेको छ। खस संस्कृतिका जानकार तथा रमानन्दन आचार्यका अनुसार परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बोकेको छ। साउन १ गते यो क्षेत्रमा स्थानीय विदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिएको थियो।

पछिल्लो समयमा बढ्दो बजारीकरणले घरको छतमा स्थान नहुदा राँको सड्कमै बाल्न थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here