नयाँ एक्सन फिल्म ल्याउँदै ‘प्रेमगीत’ निर्माता, निजगढमा टिजर छायांकन

112
ad

काठमाडौं । फिल्म निर्माण कम्पनी आशुसेन फिल्म्स ‘प्रेमगीत ३’ पछि कुन प्रोजेक्टबाट पुनरागमन गर्दैछ भन्ने कुरा जान्नका लागि नयाँ खबर छ । यो सरप्राइजले फ्यानलाई पक्कै पनि उत्साह दिलाउन सक्छ । आगामी साता यो नयाँ फिल्मको टिजर सार्वजनिक हुँदैछ । तर फिल्मको शीर्षक भने तय भइसकेको छैन ।

गत साता बाराको निजगढमा टिजर छायांकन समेत भएको छ । निर्माताले टिजरसँगै फिल्म घोषणाको तयारी गरिरहेका छन् । सामाजिक सञ्जालमा फ्यानले टिजर छायांकनका केही दृश्य पनि सार्वजनिक गरेका छन् । जसअनुसार यो फिल्म पक्कै पनि एक्सनप्रधान हुन सक्छ । टिजरमा कलाकारलाई ‘एक्सपोज’ त गरिएको छैन तर प्रदीप खड्का यो फिल्ममा नहुने सम्भावना रहेको निकट स्रोतले जनाएका छन् ।

निजगढको सडकमा खिचिएको यो एक्सन दृश्यले दर्शकलाई रोमाञ्चक तुल्याउन सक्छ । ‘प्रेमगीत ३’ निर्देशक समेत रहेका सन्तोष सेनले यो फिल्मलाई निर्देशन गर्दैछन् । फिल्ममा सेन र अभिनेता प्रेम पुरीको लगानी हुने जनाइएको छ । भारतीय निर्माता पनि यो फिल्ममा जोडिने सम्भावना छ ।

एक महिनापछि छायांकन हुने तयारीमा रहेको यो फिल्मको टिजर छायांकन जुन २१ मा सम्पन्न भएको थियो । एक मिनेटको लम्बाइ रहने टिजर आइतबार वा सोमबार सार्वजनिक गर्ने तयारी छ । ‘टिजर एक्सनप्रधान हुनेछ,’ स्रोतले भन्यो, ‘पक्कै पनि टिजरले फिल्मबारे धेरै कुरा खुलासा गर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here