आज दिनभरका २१ समाचार

130
ad

१. विभिन्न कार्यक्रम गरी मनाइयो १५९ औं मोती जयन्ती
१५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सोमवार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो । नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवावर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवावर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा कविहरुले आफ्ना रचनाहरु वाचन गरेर युवाकवि भट्टको स्मरण गरेका थिए ।

राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुुेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । –न्युज एजेन्सी नेपाल

२. विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो
विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले बताउनु भयो । उहाँले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो । समितिको अब बस्ने बैठकमा मस्यौदा प्रश्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताउनु भयो ।

समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताउनु भयो । उहाँले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संशोधनको प्रक्रिया सर्वसम्मत रुपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानून बनाउने कुरालाई प्रवन्धन गर्नेकुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’

दफावार छलफलका क्रममा सांसदहरुले सशक्त रुपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

३ं भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रे गेटबाट निकाल्छुः अध्यक्ष दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिनुभएको छ ।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने बताउनु भयो । सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उहाँले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताउनु भयो । उहाँले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताउनु भयो । उहाँले सात दिनभित्र आफ्ना कार्ययोजना प्रश्तुत गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गर्नुभयो । कदाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताउनु भयो । कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताउनु भयो । कलाकार जितु नेपालले

उपस्थित अन्य कलाकारहरुले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिए । साथै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महशुस हुनेगरी काम गर्न सुझाव दिएका छन् । –न्युज एजेन्सी नेपाल

४. ग्लोवल आइएमई बैंकको ‘ग्लोवल जुनियर’ एप सार्वजनिक 
ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ ।

बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउनु भयो । भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकालहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

५. काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताउनु भयो । उहाँले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताउनु भयो । उहाँले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताउनु भयो । उहाँले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरुलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरु नै हुन् । नेपाली काँग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो ।’

अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाउनु भयो । उहाँले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताउनु भयो । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

६. आज कुशे औँशी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड
आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ । आज पितृहरुलाई सम्झने दिन भएकाले कुश किन्न आएको र पशुपति दर्शन गर्न आएको किशोर पन्त बताउनु हुन्छ । आजको दिन उखेलेको कुश वर्षभर उपयोग गर्न मिल्ने भएकाले किन्न आएको बताउनु भयो । त्यस्तै कुश बेच्नका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर ८ बाट आउनुभएका लिलानाथ चौलागाईंले जन्मदेखि मृत्युसम्म प्रयोग गर्न मिल्ने कुशको महत्व धेरै रहेको बताउनु भयो । उहाँले आजको दिन कुश हुनेले उखेलेर नहुनेलाई बेच्ने र नभएकाले किन्ने परम्परा रहेको बताउनु भयो । त्यस्तै पशुपति क्षेत्रमा पुग्नुभएका एक पुरोहितले कुशे औंशीको देवकार्य र पितृकार्यमा धेरै महत्व रहेको उल्लेख गर्नुभयो ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँशीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । —न्युज एजेन्सी नेपाल

७. अस्मिताको ह्याट्रिकमा वागमतीको फराकिलो जित
वागमती युथ क्लवले सोमवार सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा फराकिलो जित निकालेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा भएको खेलमा वागमती युथले सुदूरपश्चिममाथि ५–१ को जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो । वागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन् । साहारा लिम्बू र आरती भुजेलले समान एक गोल थपे । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले एक गोल फर्काइन् । वागमतीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको १७ औं मिनेटमा अस्मिताले गोल गर्दै अग्रता दिलाइन् ।
सुदूरपश्चिमकी डिफेण्डर मनीषा ओखेडाबाट पेनाल्टी बक्समा वागमतीकी आरती भुजेलले बल खोस्दै दिएको पासमा अस्मिताले दोस्रो बार च्यापेर गोल गरेकी हुन् ।  दोस्रो गोल पनि सुदूपश्चिमले डिफेन्डरकै गल्तीमा सामना ग¥यो । २६ औं मिनेटमा साहाराले पेनाल्टी बक्सबाट उत्कृष्ट गोल गर्दै वागमतीको अग्रता दोब्बर बनाइन् । यसपल्ट पनि सुदूरपश्चिमकी डिफेन्डर संगीता विकबाट साहाराले बल खोस्दै गोल गरेकी हुन् । वागमतीकी अस्मिताले ३६ औं मिनेटमा नजिकै दूरीबाट गरेको प्रहार सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदले पन्च गदै जोगाइन् ।
तर सुदूरपश्मिचका डिफेन्डरले पेनाल्टी बक्समा रिबाउन्ड बललाई क्लियर गर्न सकेनन् । सोही बल नियन्त्रणमा लिँदै ३७ औं मिनेटमा आरतीले सहजै गोल गरिन् । यससँगै पहिलो हाफमा वागमती युथ ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि सुदूरपश्चिमले फितलो प्रदर्शन ग¥यो । यद्यपि, वागमतीले चौथो गोलका लागि ८० औं मिनेटसम्म प्रतिक्षा गर्नुप¥यो । यसपल्ट अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै वागमतीलाई ४–० ले अगाडि बढाइन् ।
उनले आरती भुजेलसँग वान टु वान पास गर्दै पेनाल्टी बक्सबाट सहजै गोल गरिन् । दुई मिनेटपछि नै अस्मिताले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । लिगमा यो पहिलो ह्याट्रिक पनि हो । दिव्या मगरले दिएको कट पास सदुपयोग गर्दै अस्मिताले पेनाल्टी बक्सबाट गरेको भली प्रहार गोलमा परिणत भयो । उनको प्रहार जोगाउन सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरीसँग अवसर नै थिएनन् । ९० औं मिनेटमा सुदूरपश्चिमले सान्त्वना गोल फर्कायो । तुल्छाले तीन डिफेन्डरको बीचबाट गोल गर्दै सुदूरपश्चिमको अन्तर ५–१ ले छोट्याइन् ।
वागमतीका डिफेन्डर अनिषा बिकले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिएकी तुल्छाले ड्रिब्लिङ गर्दै करिब १८ यार्डबाट गोल गरेकी हुन् । उनले बागमतीकी गोलकिपर करुणा बुढोथोकीको माथिबाट गरेको प्रहार गोलमा परिणत भएको हो । यो खेलमा अस्मिता प्लेयर अफ दी म्याच घोषित भइन् । यसअघि आईतवार उद्घाटनमा खेलमा कोशीले वालिङमाथि ४–० गोलअन्तरको जित निकाल्दै लिगमा सुखद् शुरुवात थियो । समान एक खेबाट वागमती र कोशीले लिगमा तीन अंक जोडेका छन् । कुल १० टोलीको सहभागिता रहेको लिग दुई चरणमा हुनेछ ।
यसपल्ट १० टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । यो राउन्डबाट उत्कृष्ट पाँच टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । दोस्रो चरणमा डबल राउन्ड रोबिनमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछ । सुपर लिगबाट उत्कृष्ट चार टोली छनोट हुने र सुपर लिगमा क्वालिफायर, एलिमिनेटर र फाइनल चार खेल खेल्नेछन् । यसबीच कुल ६९ खेल खेल हुनेछन् । लिगका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला (शनिवार) र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रतियोगिताको विजेतालाई १० लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिने शाहले जानकारी गराए । हरेक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । —न्युज एजेन्सी नेपाल

८. अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु
अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतबिहीन भएका छन् । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ । शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पु¥याएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

९.इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आईतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । टेलिफोन वार्तामा दुई नेताहरूले गाजा पट्टीमा तत्काल युद्धविराममा पुग्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्नको आवश्यकतामा जोड दिनुभयो । क्षेत्रको स्थिरता पुनःस्थापना गर्न आवश्यक रहेको इजिप्टको राष्ट्रपति सिसीले बताउनु भयो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र बन्धक–कैदी विनिमय सम्झौतामा पुग्न मध्यस्थता प्रयासहरूको नेतृत्व गर्नुपर्ने बताउनु भयो । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले आईतवार प्यालेस्टाइनीहरूको मृत्यु हुनेको संख्या अद्यावधिक गरे । गाजा पट्टीमा इजरायली आक्रमणको करिव ११ महिनापछि अहिले यो संख्या ४० हजार ७३८ पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

१०. इजिप्ट र सोमालियाका प्रधानमन्त्रीबीच आर्थिक, सुरक्षा सहयोगबारे छलफल
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले राजधानी कायरोमा आफ्ना सोमाली समकक्षी हम्जा अब्दी बार्रेसँग आर्थिक र सुरक्षा सहयोगका बारेमा छलफल गर्नुभएको छ । बैठकको क्रममा मदबोलीले आफ्नो सरकार कायरो र मोगादिसु बीचको आर्थिक, व्यापार र लगानी सम्बन्धलाई समर्थन र सुदृढ पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताउनु भयो । मदबोलीले इजिप्टले आफ्ना नागरिकहरूको आवश्यकतालाई समर्थन गर्न सोमालियामा वस्तुहरू निर्यात गर्न तयार रहेको पनि व्यक्त गर्नुभयो । सोमालिया सुरक्षा मुद्दाहरूसँग जुधिरहेको छ । यसको छुट्टिएको सोमालील्याण्ड क्षेत्रले जनवरीको शुरुमा इथियोपियासँग एउटा विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको थियो । जसले अदिस अबाबालाई आफ्नो तटवर्ती क्षेत्रको २० किलोमिटर खण्ड पाँच दशकका लागि भाडामा दिन अनुमति दिनेछ । सोमालील्याण्डलाई आफ्नो क्षेत्रको हिस्सा मान्ने सोमालियाले उक्त सम्झौतालाई आफ्नो सार्वभौमसत्ता विरुद्धको उल्लङ्घन भएको भन्दै अस्वीकार गर्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

११. नाइल बाँधबारे इथियोपियाको एकपक्षीय नीतिमाथि संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इजिप्टको गुनासो 
संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आईतवार पठाइएको पत्रमा, इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले दुई देशको साझा नाइल नदीमा निर्माण गरिएको बाँध जलाशय भर्ने सम्बन्धमा इथियोपियाको पछिल्लो एकपक्षीय नीतिहरू लाई अस्वीकार गर्नुभएको छ । इजिप्टको विदेश मन्त्रालयले  इथियोपियाका प्रधानमन्त्री अबी अहमदले नाइल नदीको हेडस्ट्रीम ब्लू नाइलको पानीको एक भाग होल्ड गर्नेबारे हालको टिप्पणीको अस्वीकार गरेको बताएको छ । अब्देलाट्टीले इथियोपियाका कार्यहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताउनु भयो । इथियोपियाको अवैध नीतिहरूले डाउनस्ट्रीम देशहरूमा गम्भीर नकारात्मक प्रभाव पार्ने बताइएको छ । अब्देलाट्टीले थपे कि इजिप्ट आफ्ना जनताको हितको रक्षा गर्न संयुक्त राष्ट्र बडापत्र अन्तर्गत सबै आवश्यक उपायहरू लिन तयार छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

१२. संसदीय निर्वाचनको तयारीमा जुट्यो जोर्डन
जोर्डनले सेप्टेम्बर १० मा हुने संसदीय चुनावको तयारी गरिरहेको छ । प्रतिनिधित्व सुधार गर्न २०२२ मा नयाँ निर्वाचन कानून लागू गरेपछि संसदीय निर्वाचन हुन लागेको हो । कानूनले १३० बाट १ सय ३८ सांसदको संख्या बढाउँछ र महिला र युवा उम्मेदवारहरूको समावेशीकरणलाई बढावा दिने प्रावधानहरू समावेश गर्दछ । नयाँ कानूनअनुसार प्रत्येक राजनीतिक दलको उम्मेदवार सूचिमा प्रत्येक तीन उम्मेदवारका लागि कम्तीमा एक महिला र शिर्ष पाँच पदमा ३५ वर्षमुनिका एक व्यक्ति समावेश गर्नुपर्नेछ । यसका साथै सुशासनमा युवा सहभागिता बढाउने उद्देश्यले संसदीय उम्मेदवारको न्युनतम उमेर ३० बाट २५ वर्षमा झारिएको छ । आगामी चुनावलाई जोर्डनको राजनीतिक संक्रमणमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । नागरिकहरूले अर्थपूर्ण सुधारको आशा व्यक्त गरेका छन् ।

जोर्डनको संसदको निर्वाचित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले सिनेटको साथमा काम गर्नेछ । जसमा राजाले शाही डिक्रीमार्फत नियुक्त गरेका ६५ सदस्यहरू हुन्छन् । अप्रिलमा, राजा अब्दुल्ला द्वितीयले यस चुनावी प्रक्रियाको महत्वलाई जोड दिनुभयो । निर्वाचनको अखण्डता र उल्लङ्घन रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो । स्वतन्त्र निर्वाचन आयोगका अनुसार निर्वाचनमा ३८ लाइसेन्स प्राप्त राजनीतिक दलमध्ये ३६ वटा सहभागी हुनेछन् । दर्ता मतदाताको संख्या ५१ लाख नाघेको छ जसमा करिव २७ लाख महिला र २४ लाख पुरुष छन् । अम्मानमा आधारित अनुसन्धान फर्मद्वारा हालैको सर्वेक्षणले नोभेम्बर २०२० मा गत संसदीय चुनावको २९.९ प्रतिशतको तुलनामा करिब ३५.० प्रतिशत मतदान हुने अनुमान गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

१३. कोप–२९ मा नेपालले अधिकारमुखि अवधारणा प्रश्तुत गर्नेछः मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९) को तयारी शुरु गरेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनले मुलुकका विभिन्न क्षेत्रलाई समस्याग्रस्त बनाएको उल्लेख गर्दै ती समस्या समाधानका लागि अधिकारमुखि अवधारणा प्रश्तुत गर्नेगरी सरकार सो सम्मेलनमा प्रश्तुत हुने पनि स्पष्ट पार्नुभयो । सो सम्मेलनको तयारीमा सम्बन्धित सबै मन्त्रालय, सरोकारवाला र विकास साझेदार संस्थाहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै मन्त्री शाहीले त्यसका लागि सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भयो । उहाँले कोप २९ को एजेण्डा बनाउँदा नेपाल सरकारले पेरिस सम्झौता कार्यान्वयनलाई लक्ष्य बनाउनेपर्ने पनि स्मरण गराउनु भयो ।
मन्त्री शाहीले भन्नुभयो,‘जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित छ । तसर्थ जलवायु परिवर्तनलाई नेपालको सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर यसलाई मुल राख्नुपर्ने देखिन्छ । यसलाई पेरिस सम्झौता अन्तर्गत जलवायु परिवर्तनका जोखिमहरुलाई घटाउने, कार्बन उत्सर्जन घटाउने विषयमा सरकारले तयार पारेको एन डिसी वा क्लाईमेट एक्सन कार्यक्रममा योजना कार्यान्वयनमा समुदाय, सरोकारवाला निकाय र विकास साझेदारको सहयोग अपरिहार्य रहेको छ । हामी आज फोकल मन्त्रालयको नाताले कोप २९ को तयारी, थालनी गरेका छौं । यसमा सबैले सहयोग गरी हाम्रा अन्तराष्ट्रिय स्तरमा उठाउने विषयमा एकमतका साथ एजेण्डा बनाउन जरुरी भएको छ । हाम्रा हिमाल पग्लेका कुरा हामी सबैलाई थाहा छ । बाढी, पहिरोले हामी समस्याग्रस्त रहेका छौं । अघि विपद् प्राधिकरणका सिईयोले धेरै कुरा राखि सक्नुभएको छ । र पहाडी जनजीविकाको हिसावले विषम परिस्थिति सजना भएको छ । यी सबै कुराहरु समेटेर अब हामीले अधिकारमुखि अवधारणा प्रश्तुत गर्ने गरी नेपाल सरकार अगाडि बढ्नेछ । र पेरिस सम्झौताको कार्यान्वयनका लागि लक्ष्यसहितको एनडिसी तयार पार्नुपर्नेछ । सबै मन्त्रालय, सरोकारवाला निकायसँग मिलेर कोप २९ को तयारी गर्न र नेपालको आवश्यक्ता अनुसार कार्यान्वयन योग्य एनडिसी तयार गर्न, निर्देशन दिन मन्त्रालय प्रतिवद्ध रही आएको छ ।’

मन्त्री शाहीले सरकारले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि आवश्यक नीतिमा थप योगदान दिन पनि सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल

१४. नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रश्तावित राजदुत पण्डित
इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रस्तावित राजदुत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उहाँको भनाई थियो । प्रश्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाँै । इजरायलीहरुले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’

प्रश्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

१५. पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छुः प्रश्तावित राजदुत पौडेल
पोर्चुगलका लागि प्रश्तावित राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।

हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उहाँको प्रतिवद्धता थियो । सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो । राजदुत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उहाँले अन्य देशहरुमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदुत भनेको मार्केटिङ म्यानेजर हो ।’

प्रश्तावित राजदुत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

१६. मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छुः प्रश्तावित राजदुत डा. तिमिल्सिना
मलेसियाका लागि प्रश्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताउनु भयो । उहाँले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताउनु भयो ।
प्रश्तावित राजदुत तिमिल्सिनाले भन्नुभयो, ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट चाँही गृहमन्त्रीको लेवलको भिजिट चाँही उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेवलको हामीले त्यो गर्न सक्यौ भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिदो रहेछ । त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने । अनि, यहाँको म्यान पावरले उहाँ विचौलियो राखेको हुन्छ । र, त्यो विचौलियाले त्यहाँ सिन्डीकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ । त्यो मलेशियाका दुतावासतिर यहाँहरु जानु भएको छ कि छैन ? त्यहाँ स्याउस्याउती विचौलियाहरु हुन्छन रे । जताततै ठग्ने काम गर्दछन रे । म एकदमै अपm्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरुले बिचैमा तँ फेल भईस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ ।’

प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

१७. सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछुः पाकिस्तानका लागि प्रश्तावित राजदुत धिताल
पाकिस्तानका लागि प्रस्तावित राजदुत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताउनुभएको छ ।

सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उहाँको योजना छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाले उल्लेख गर्दै आफूले सोही अनुसार काम गर्ने बताउनु भयो । उहाँले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरुले स्विकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो । र राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरु सृजना भएका छन । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरु आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो । त्यसैले यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरुप नै मेरो पनि पहल हुनेनैछ । सार्कप्रति नेपालले राखेको महत्व र अहिलेका अध्यक्षको रुपमा नेपालले गर्दै आएको भुमिकालाई फेरि पनि दोहो¥याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ । कोभिड कालमा क्षेत्रीय सहयोगको कति जरुरी थियो भन्नेकुरा थाहा भएकै विषय हो । त्यसैले सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रष्ट धारणा छ । र नेपाल सरकारको धारणा अनुरुप नै त्यसलाई पहल गर्नेछौं ।’

प्रश्तावित राजदुत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

१८. नेप्से परिसूचक १२७.३२ अंकले वृद्धि 
साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २२.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ ।
सोमवार कारोबारमा आएका ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको  थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।  जसमा वित्त उपसमूहको परिसूचक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।
सोमवार कारोबारमा आएका १० भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर, समृद्धि फाइनान्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा गुडविल फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । —न्युज एजेन्सी नेपाल

१९. पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँः पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।

सोमवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताउनु भयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताउनु भयो । उहाँले पर्यटन मन्त्रालय भुमिका,कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सक्रियता विना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताउनु भयो । मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले पर्यटन क्षेत्रमा चुनौती देखिएको छ । पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक छ । संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । भुमिका,कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ । निजी क्षेत्रको प्रोएक्टिभ ढङ्गले अग्रसरताका साथ यो मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन । मुलुकको पर्यटन क्षेत्रको विकास हुँदैन । मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउँछौं । मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढ्नेछ । निजी क्षेत्रले काम गर्दा सरकारले बनाएका नीतिमा भएका समस्यालाई परिमार्जन गर्न सहयोग गर्नुस् । सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा छ । संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि निजी क्षेत्रका सुझावहरु आउन् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताउनु भयो । उहाँले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताउनु भयो । उहाँले मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गर्नुभयो । उहाँले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन । सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेका छैनन् । सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरुलाई रोक्न सक्छ ।’

उहाँले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

२०. स्टार्टअप कर्जा प्रवाहको लागि त्रिपक्षीय समझौता पत्र हस्ताक्षर
स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझौता पत्रमा हस्ताक्षर भएको छ ।

सोमवार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझौता पत्र हस्ताक्षर भएको हो । सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी अधिकृत रमेश घिमिरे,राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्तासँग त्रिपक्षीय सम्झौता भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप कर्जा प्रवाह सहजिकरणको लागि तीन संस्थाबीच त्रिपक्षीय सम्झौता भएको बताउनु भयो । उहाँले स्टार्टअप कर्जा प्रवाह गरी स्टार्टअप उद्यमलाई प्रोत्साहन गरी प्रभावकारी बनाउने योजना रहेको बताउनु भयो । उहाँले त्यसको लागि वित्तीय क्षेत्रको साथ र सहयोग रहने आपेक्षा रहेको उल्लेख गर्नुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर पछि कार्यक्रममा बोल्दै निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेले स्टार्टअप कर्जा सुरक्षणको लागि कोषले छुट्टै सहुलियतको व्यवस्था गरेको बताउनु भयो । उहाँले तीनै तहका सरकारले स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर्ने योजना बनाएको भए उनीहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यमको लागि १ अर्बको बजेट विनियोजन भएको बताउनु भयो । उहाँले स्टार्टपअप उद्यमको लागि सहुलियत कर्जाको लागि गोरखापत्रमा समेत सूचना निकालिएको बताउनु भयो । उहाँले सरकारले सहज रुपमा स्टार्टअप उद्यमको लागि कर्जा प्रवाह र सुरक्षण बनाउनको लागि सम्झौता भएको बताउनु भयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकृत देवेन्द्ररमण खनालले बैंकले गत वर्षदेखि स्टार्टपअप उद्यममा कर्जा प्रवाहमा सहभागिता जनाउँदै आएको बताउनु भयो । उहाँले गत वर्ष बैंकले १८३ वटा स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको बताउनु भयो ।उहाँले सरकारले विश्वास गरेर सरकारी बैंकमार्फत देशका सम्पूर्ण क्षेत्रमा रहेको सञ्जाललाई उपयोग गरेर कर्जा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले स्टार्टअप उद्यमको लागि १ अर्ब रुपैयाँ ठूलो फण्ड भएको भन्दै २५ लाखसम्मको लागि स्टार्टअप उद्यमीहरुले कर्जा लिन सक्ने बताउनु भयो । उहाँले बैंकको चाहना २५ लाख मात्रै उपयोग गर्ने नभएको भन्दै २५ लाखको लगानीबाट ठूलो उद्यमी बन्न मद्दत पुग्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

२१. राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने सोचमा छौँः उपाध्यक्ष अधिकारी
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसरचना गर्ने बताउनुभएको छ ।

सोमवार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनःसंरचना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शत्तिशाली हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले सधँै आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गर्नुभयो । उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा÷बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘१६ औं पञ्चवर्षिय योजनामा जिडिपी ग्रोथको कुरा गरिएको छ । जसमा अहिले ३.५ आर्थिक वृद्धि गएको छ भने अब ६ प्रतिशत,त्यसपछि ६.६ प्रतिशत हुँदै जान्छ । वि.स.२०८४÷०८५ मा निर्वाचन हुने वर्ष हुने भएकाले चुनावको समयमा आर्थिक वृद्धि हुन्छ । तर त्यो बेला बढेको आर्थिक वृद्धि दिगो हुँदैन । त्यसपछि बिस्तारै घट्छ भनेर ७.३ प्रतिशत राखिएको छ । १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेका छौं । १६ औं पञ्चवर्षिय योजना कार्यान्वयनमा आयोगले सहजिकरण गर्छ । राष्ट्रिय योजनाको पुनःसंरचना गर्नुपर्छ भन्ने सोच छ । आयोग अहिले गठन आदेशबाट मात्रै भइरहेको छ । गठन आदेश भन्दा कानूनी रुपमा हुँदा पावरफुल बन्छ । यो छलफल गर्नुपर्ने विषय हो । तर योजना आयोग पावरफुल हुन्छ भन्ने लाग्छ । अहिले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकशित मुलुकको सूचीबाट विकशिल मुलुकमा स्तरोन्नति हुनुपर्ने भएको छ । २१ मा हुने भन्दा केही समय माग गरौं । आगामी २०२६ नोबेम्बरमा स्तरोन्नति हुन्छौं । तर अन्य इन्डिकेटर पुगेको हुनाले जानुपर्ने भयो । स्तरोन्नति भएर फाइदा बेफाइदा भन्दा पनि भएर अवसरहरु सिर्जना गर्ने योजनाका साथ हुन लागिको हो ।’

उहाँले १६ औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७.३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताउनु भयो । उहाँले अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत,त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४÷०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको बताउनु भयो । उहाँले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here