साउदीमाथि सानदार जित निकाल्दै नेपाल यू-१९

187
ad

काठमाडौं।  नेपालले यू-१९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ। कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो।

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए। साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे। अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए। सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो। नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए।

देव नेपालबाट यू-१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन्। उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए।

ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो थिएन। सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको थियो। तर तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए। विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए।

दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए। तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए।

इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए। सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए। प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here