एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन

169
ad

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । कात्तिक ३ गतेसम्म चल्ने महाधिवेशनको अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैर आवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसै गरी कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । उनका अनुसार पहिलो पटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । एनआरएनएको अध्यक्ष पदका लागि चार प्रतिस्पर्धा छन् । अध्यक्षमा बद्री केसी, रबिना थापा, महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here