आक्रमण रोक्न माग गर्दै इजरायली दूतावासबाहिर प्रदर्शन

149
ad

३० असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ ।काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन् ।दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध युद्ध घोषणा गरेको छ र गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

जसमा १० नेपालीसहित १०० भन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा २७ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ ।

गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौँ मानिस विस्थापित भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here