सुनचाँदीको मूल्य स्थिर

171
ad

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि तेजाबी सुन यही मूल्यमा करोबार भएको थियो ।

चाँदीको मूल्य भने चार दिनदेखि नै स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here