रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत

76
ad

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गरेका छन्।

प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’

उद्घाटन कार्यक्रममा मन्त्री डा महतले भने, ‘रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्यो । नयाँ नयाँ रोग देखाप¥यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवद्र्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’

महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने मन्त्री डा. महतले बताए ।

मन्त्री डा. महतले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं ।’

हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनजागरण देशमै आइरहेको छ । हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको मन्त्री डा. महतको भनाइ थियो ।‘हाम्रो रैथाने बाली धेरै महत्वपूर्ण छ । पहिला रैथाने बाली उत्पादन हुन्थ्यो, पछिल्लो समय धेरै उत्पादन गर्ने नाममा रैथाने बाली लगाउन छाड्यौं’ उनले भने, ‘पेट भर्नलाई अहिले हामीलाई धेरै उत्पादन चाहियो ।

रैथाने उत्पादन थोरै हुन्छ, बजार पनि यथेष्ट थिएन ।’‘नेपालमा अहिले हुनेखाने समूह जन्मियो । विदेशमा पनि यसको माग बढ्यो । थोरै उत्पादन भए पनि प्रतिफल धेरै पाउन थालियो । आधुनिक खेतीको एक मन बेच्नुस् जति आउँछ, रैथाने अथवा आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुन्छ’ मन्त्री डा. महतले भने ।

नुवाकोटमा उत्पादन हुने फलफुल र तरकारी एक डेढ घन्टामा हामी काठमाडौंको बजारमा पु¥याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री डा. महतले भने, सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागीर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here