नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप ४ जना डाक्टर पक्राउ

108
ad

काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका जनाएकाे छ ।

याेसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेकाे सङ्ख्या पाँच जना पुगेकाे छ । यसअघि आज बिहीवार दिउँसाे सीआईबीकाे टाेलीले काठमाण्डाैकाे गल्फुटारबाट नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेकाे थियाे ।

अहिले पनि सीआईबीले अपरेशन जारी रहेको जनाइएको छ । कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here