अमेरिकाको पर्यटकीय टापु हवाईमा डढेलोका कारण ५३ जनाको ज्यान गयो

164
ad

साउन २६, शुक्रबार । अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेकाे डढेकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् ।

त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो ।

त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् । हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ ।

उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै भवनमा क्षति पुगेको छ । ऐतिहासिक सहर लाहैनाको ८० प्रतिशत भाग प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले माउइ टापुमा लागेको डढेलोलाई ठूलो विपद् घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here