नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

90
ad


काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ । पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ । यसबारे काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here