रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा खुल्यो आइपीओ

118
ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँ दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछ ।

सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here