घट्यो सुनचाँदीको मुल्य : कतिमा हुँदैछ कारोबार?

169
ad

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार १ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ६ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here