एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आईपीओ साउन १६ गतेदेखि

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणमा ३३ करोड ९८ लाख चार हजार छ सय रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । रु. १००/– अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत […]

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस, एक वर्षदेखिको अन्योलता अन्त्य

काठमाडौं । बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझाएको हो । योसँगै एक वर्षअघिदेखि हुँदै आएको विवाद अन्त्य हुने भएको छ । नेपाल धितोपत्र […]

आषाढ महिनाभित्रै दुईवटा कम्पनीको आईपीओ शेयर आउने

काठमाडौं । यहि महिनाभित्रै दुईवटा कम्पनीको आईपीओ शेयर आउने भएको छ । साधना लघुवित्त र अजोड इन्स्योरेन्सले असार महिनाभित्रै प्रारम्भिक साधारण निष्कासन (आईपीओ) गर्न लागेका हुन् । दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने अनुमति पाएर बिक्रीका लागि आह्वानपत्र जारी समेत गरिसकेका छन् । जसअनुसार साधना लघुवित्तको असार २१ गतेदेखि २४ गतेसम्म तथा अजोडको […]

एनआईसी एशिया लघुवित्तको आईपीओ आजदेखि

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।  लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् […]

सरकारलाई नगदको समस्या भयाे:चालु खर्च धान्न कठिन

अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको जानकारी गराएका छन्। प्रतिनिधि सभाको  बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबारको अर्थमन्त्री खतिवडाले अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायित्व धान्न रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन्। अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ। यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि […]

अब ‘मेरो सेयर’को अटोमेटिक नवीकरण हुने

काठमाण्डौ । अब ‘मेरो सेयर’ नवीकरण अटोमेटिक हुुने भएको छ । अर्थात् सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा ईसेवा समेत फिचर जोडिइएकाले लगानीकर्ताहरुको ‘मेरो सेयर’ रियलटाइममा स्वतः नवीकरण हुने भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)लाई ‘मेरो सेयर’को नवीकरण शुुल्क इसेवामार्फत भुुक्तानी गर्न मर्चेन्ट खाता खोल्न निर्देशन दिएको छ । गत सोमबार सिडिएससीले सम्पूूर्ण डीपी […]

आजबाट सेयर बजार खुल्ने

आजबाट सेयर बजार खुल्ने भएको छ । लकडाउनका कारण करीब डेढ महिनादेखि बन्द सेयर बजार मंगलबारदेखि २ घण्टा मात्र खुल्ला गर्न लागिएको हो । सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म सुचारु हुँने छ। सरकारले लकडाउन केही खुकुलो गरेपश्चात नेपाल धितोपत्र बोर्डले केही नियम परिवर्तन गरी शेयर बजार सुचारु गर्न बैशाख २६ गते नेपाल स्टक […]

नेपाल पुनर्बीमाको आईपीओमा ३ अर्बको आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपिओमा माग भन्दा झण्डै दुई गुणा धेरै आवेदन परेको छ । कम्पनीको आइपीओमा बिहिवारसम्म करिब ३ अर्ब रुपियाँ बराबरको आवेदन परेको छ । २ करोड ९५ लाख ७८ हजार ४१० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा दुई गुणा धेरै आवेदन हो । यसमा २ लाख २९ हजार ६४० […]

बैंकर्स संघमा अब भुवन दाहालको नेतृत्व

नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल निर्विरोध निर्वाचित हुने भएका छन । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा दाहालको मात्र उम्मेदवारी परेकोले उनी निर्बिरोध चयन हुने पक्का भएको हो । उनले संघको कार्य समिति सदस्य रहेर दुई कार्यकाल विताइसकेका छन् । संघले आगामी अध्यक्ष चयनका लागि निर्वाचन कमिटि गठनगरि मंसिर १७ […]

सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : देउवा

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् […]