काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जमानत बसिदिएका डा. मनोहर प्रधानले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले प्रधानलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रुपैयाँ जमानत दिएका थिए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडीजीपी(डक्टर अफ मेडिसिन इन जेनरल प्राक्टिस एन्ड एमर्जेन्सी मेडिसिन) पूरा गरेका छन्। हाल उनी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। चितवनवासी प्रधान पेसाले चिकित्सक हुन् ।

रास्वपाको १८ जना पदाधिकारीमध्ये चितवनबाट मात्रै चार जना पदाधिकारी बन्न सफल भएका छन् । चितवनमा असार ७ देखि १२ सम्म भएको प्रथम महाधिवेशनमा सभापति लामिछाने, उपसभापति सोविता गौतम, सहमहामन्त्री हरि ढकाल निर्वाचित भएका थिए। राताेपाटि डट कमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0