नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलले सरकार बनाउने विषयमा बाटो खुला राख्ने निष्कर्ष निकालेको छ। बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले प्रदेश सरकार बनाउका लागि बाटो खुला राख्ने निष्कर्ष निकालेको हो।

नेकपा कर्णाली प्रदेशसभा संसदीय दलका नेता मंगलबहादुर शाहीले नेकपाले जुनसुकै दलसँग पनि सहर्काय गरेर सरकार बनाउन तयार रहेको बताए।

उनले जुनसुकै दलहरुसँग पनि सत्ता सहकार्य गर्नका लागि नेकपा तयार रहेको बताए।

नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी चार जना मन्त्रीहरूले बुधबार बिहान राजीनामा दिएका थिए।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका थिए।

यस्तै, कांग्रेस पार्टी केन्द्रले पनि एमालेसँगको सहकार्य तोड्ने निर्णय गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0