काठमाडौं- लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको समूह ‘डी’को दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की विश्वकपबाटै बाहिरिएको हो।
खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले गरेको गोलले नै अन्तत: पाराग्वे विजयी भएको हो। फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।
तर पनि टर्कीले गोल फर्काउन नसकेपछि पाराग्वेकै जित भयो। पहिलो खेलमा पनि टर्की अस्ट्रेलियासँग २-० ले हारेको थियो।
त्यसो त पाराग्वे पनि आफ्नो पहिलो खेलमा विश्वकप सहआयोजक अमेरिकासँग ४-१ ले हारेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























