oplus_2

काठमाडौं । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको आयोजनामा असार १ गते सोमबार महानगर बालसभा २०८३ सम्पन्न भएको छ ।

oplus_2

अनामनगरमा भएको उक्त कार्यक्रममा सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले स्वागत मन्तव्य दिनुभएको थियो । यस्तै काठमाडौं महानगरपालिकाको तर्फबाट बाल कल्याण अधिकारी विनिता शर्माले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।बल्ड भिजनकाे प्रबक्ता ले आफ्नाे मन्तब्य र निरन्तर सहयाेग र सहकार्य रहने बताए। बाल बिकास समाजका कार्यक्रम संयाेजक प्रदिप कुमार श्रेष्ठले बालबालिका काे हक हित, बाल मैत्रि शासनकाे निमित्त निरन्तर सस्थाले काम गरिरहने बताए ।

कार्यक्रममा कृपा मिजारको अध्यक्षतामा महानगरीय स्तरीय बाल क्लब संजाल स्थापना गरिएको थियो ।

कार्यक्रममा परोपकार विद्यालय, रुपा कुमारी लाल, विवेक स्वच्छ बाल गृह, आकाश तामाङ, उज्यालो नेपाल, नोर्बुलिङ बालगृह, र रक्षा नेपालद्वारा नृत्य एवं सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।साे कार्यक्रम मा बाल बिकास समाज र बल्ड भिजन ईन्टरनेशनल काे आर्थिक तया प्राबिधिक सहयाेग गरेकाे हाे।

oplus_2

उक्त कार्यक्रममा सहभागी कलाकार एवं उत्कृष्ट बालबालिकालाई प्रशंसा पत्र हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0