आज पनि सेयर बजारको उकालो यात्रा कायमै

116
ad

श्रावण २,०८०। सेयर बजारमा कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा कायमै रहेको छ । सोमबार उच्च अंकले बढेको नेप्से आज पनि सामान्य अंकले बढेर बन्द भएको हो ।

नेप्सेका अनुसार आज ९ दशमलव ९१ अंकले बढेर नेप्से २ हजार १ सय ५४ दशमलव ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज ३ अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूलय १० प्रतिशतले बढेर प्रतिकित्ता १३५५ दशमलव २० रुपैयाँ पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९ दशमलव ९९ प्रतिशतकले बढेर प्रतिकित्ता ५९२ दशमलव २० रुपैयाँ पुगेको छ । त्यस्तै आज युनिलिभर लिमिटेडको शेयरमूल्य पनि ८ दशमलव ९९ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here