आइतबार सुनको मूल्य घटेको चाँदीको मूल्य स्थिर

114
ad

काठमाडौं,३१ असार । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ४८० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here